३० वर्ष मुनीका महिलामा पनि स्तन क्यान्सर, जानौं यसको लक्षण र उपचार

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

बदलिदैं गरेको जीवनशैलीसँगै स्तन क्यान्सरको खतरा पनि बढिरहेको छ । सामान्य रुपमा स्तन क्यान्सर ४५ देखि ५० वर्षका महिलाहरुमा देखिन्छ तर, अस्वस्थकर जीवनशैलीको कारण २५ देखि ३० वर्ष उमेरकै महिलामा समस्या देखिएको छ ।

के हो स्तन क्यान्सर ?

ढिलो गरि आमा बन्नु र बच्चालाई कम समयसम्म मात्रै दूध पिलाउनु र महिनाबारी कम उमेरमै सुरु हुनु पनि स्तन क्यान्सरको प्रमुख कारण हुन् । यसको साथै अत्याधिक मोटोपना र हर्मोनसम्बन्धित औषधिहरुको सेवन पनि स्तन क्यान्सरका कारण हुन् ।

स्तन क्यासरको पहिचान कसरी गर्ने ?

महिलाले आफुँमा स्तन क्यान्सर भए नभएको थाहा पाउन शरिरमा देखिने केहि बदलाबहरुलाई ख्याल गर्नुपर्ने हुन्छ । महिलाहरुले आफ्नो स्तनलाई बेला–बेला आफ्नै ढंगले पनि चेकजाँच गर्नुपर्ने हुन्छ । जानौं के हुन्छ स्तन क्यान्सरको लक्षण :

१. स्तनमा घान आउनु । स्तन रातो देखिनु ।

२. स्तनमा गाँठो पर्दै जानु र समयसँगै गाँठो ठुलो हुँदै जानु ।

३. स्तनको छालामा देखिने घाउ निको नहुनु ।

४. स्तनको आकारमा अस्वभाविक बृद्धि हुनु ।

५. स्तनको भित्री भाग भित्रतिर तानिनु । बढि रातो हुनु र दुध बाहेक अन्य तरल पदार्थ बाहिर आउनु ।

उपचार कसरी गर्ने ?

२० वर्षभन्दा माथिका हरेक महिलाले मासिक धर्म शुरु हुने ५ देखि ७ दिनको बीचमा आफ्नो स्तन आफैंले जाँच्नु पर्दछ । ऐना अगाडि उभिएर विस्तारै आफ्ना हातहरु छातीमा माथिबाट तल ल्याउने । यदि त्यहाँ कुनै गाँठा छ भने तब थाहा पाउन सकिन्छ । माथि उल्लेखित केहि लक्षणहरु देखिएका पनि सावधानी अपनाउनु पर्दछ ।

२० देखि ३९ वर्ष उमेरका महिलाहरुले प्रत्येक तीन वर्षमा विशेषज्ञसँग स्तनको परीक्षण गराउनुपर्दछ । ४० वर्ष पुगेका महिलाहरुले प्रत्येक वर्ष विशेषज्ञमार्फत म्यामोग्राफी (डिजिटल अल्ट्रासोनिक म्यामोग्राफी) गराउनुपर्दछ ।

स्तनको लागि गर्नुपर्ने परीक्षणहरु

बायोस्पी गरेसँगै अल्ट्रासाउण्ड, सी.टी स्कान, बोन स्कान, पेटको स्कान गर्दा क्यान्सरको अवस्था र फैलिएको अवस्था थाहा पाउन सकिन्छ ।

उपचार विधि

क्यान्सरको उपचार सर्जरी, रेडिएन थेरापी, केमोथेरापी, हार्मोनल थेरापी र टार्गेटेड थेरापीको माध्यमबाट विभिन्न चरणमा गरिन्छ । कोषिकाहरुमा क्यान्सरका रिसेप्टर्सहरु हुन्छ । जस्तै ‘ईआर’ र ‘पी आर’ । बायोप्सीको समय जसको जाँच गर्नुपर्दछ । हार्मोनल थेरापी यीनै रिसेप्टर्सको लागि उपचार हो ।

यसैगरी टार्गेडेड थेरापी र केमोथेरापी पनि गर्नुपर्दछ । जसले क्यान्सरलाई बढ्न दिँदैन र क्यान्सर लागेको कोषहरुलाई क्यान्सर मुक्त गराउन भूमिका खेल्दछ ।

(डा. अंकिता पटेलले लेख्नुभएको लेखलाई हामीले सान्दर्भिक ठानी साभार गरेका हौं, यो लेख भारतको जागरण दैनिकमा प्रकाशित छ )

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...