उपाध्यक्ष चापागाईको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ कार्तिक ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाल तरुण दलको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले उपाध्यक्ष चापागाईलाई संयोजक बनाउने निर्णय गरेको हो ।

आगामी मंसिर १४ गते ३७ जिल्लामा हुन गईरहेका उपनिर्वाचनका लागि गठन गरिएको निर्वाचन परिचालन समितिमा सम्बन्धित जिल्लाका अध्यक्षयहरु सदस्य राखिएको तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेतले बताए ।

यसका साथै तरुण दलले केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा केन्द्रीय उपनिर्वाचन अनुगमन समिति समेत बनाएको छ ।

त्यसैगरी सो उपनिर्वाचनमा तरुण दलका सम्बन्धीत जिल्ला अध्यक्षहरुलाई उप–निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले शुक्रबार निकालेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल तरुण दलको विज्ञप्ती

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।