सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ कार्तिक ।

सुनको भाउ आज दुई सय रुपैयाँले घटेको छ। आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेर ७१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो ७२ हजारमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको भाउ पनि घटेको छ। आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।