थाहा पाउनुहाेस् हिन्दू धर्म अनुसार मंगलबारकाे विशेषताहरु

हाम्रो सन्देश संवाददाता

थाहा पाउनुहाेस् हिन्दू धर्म अनुसार मंगलबारकाे विशेषताहरु

हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।

मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा लगाउने गर्नु पर्दछ । मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ र गणेश भगवानको आराधना गर्दा ‘ऊँ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्ने गर्नुपर्दछ ।

यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ । हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन् । हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ । सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।