भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको कडा चेतावनी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ कार्तिक ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको फोहोर अमेरिकामा आइरहेको बताएका छन् | उनले पुनः प्रदुषणका लागि भारतलाई निशानामा पारेका छन् | भारतका विभिन्न इलाकामा एयर क्वालिटी इन्डेक्स खतरनाक स्तरमा पुगेकोले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

इकोनोमिक क्लब अफ न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको फोहोर लस एन्जेलिससम्म पुगिरहेको छ । तपाईंलाई थाहै छ कि यहाँ समस्या छ | तुलनात्मक रुपमा हामीसँग जमिनको सानो टुक्रा छ । यदि तपाईं चीन, रुस र भारतजस्ता अन्य देशसँग तुलना गर्नुहुन्छ भने उनीहरु सरसफाई र धुँवा रोक्नका लागि केही पनि गरिरहेका छैनन् |

उनीहरु आफ्नो फोहोर समुद्रमा फालिरहेका छन् र ती बग्दै गरेर लस एन्जेलिससम्म पुगिरहेका छन् ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...