अन्तत: झुक्यो भारत ! सिमा विवाद मिलाउन वार्ताको लागि तयार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २८ कार्तिक ।

कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ ।

भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । नेपालका सबै दलहरुले भारतलाई एक इन्चपनि भुमि नछाड्ने बताईरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय सार्वपक्षीय बैठकले समेत लिम्पियाधुराको कुटियाङ्दी नदीसम्म नेपालको भूभाग भएको निष्कर्ष निकाल्दै भारतसँग उच्चस्तरमा राजनीतिक तथा कूटनीतिक संवाद गर्न सरकारलाई सुझाव दिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार नेपालले अनौपचारिक सम्वादहरुमा आफ्नो अडान राखिसकेको छ । भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले समेत विदेश सचिव गोपाल गोख्लेलाई भेटे नेपालको चासो राखेका थिए ।

अहिले भारत वार्तामार्फत नेपालको चासो सम्बोधन गर्न सकारात्मक रहेको मन्त्रालय स्रोतको दाबी छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।