मंगलबार स्थिर रहेकाे सुनकाे भाउ आज बुधबार फेरि बढ्याे

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ कार्तिक ।

आज बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो मंगलबार स्थिर रहेको सुनकाे भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने साेमबार र मंगलबार सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने साेमबार र मंगलबार तेजावी सुन पतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ भने साेमबार र मंगलबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।