नेपाल आईपुगे बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद, तीन दिनसम्म के के गर्नेछन् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ कार्तिक ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुग्नु भएको छ । तीन दिन भ्रमणका क्रममा आज दिउसो नेपाल आएका उहालाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा पुग्नु भएको थियो ।

नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानुहनेछ भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ । भ्रमणका क्रमा उहाले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

हमिद पोखरा पनि जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहा नेपाल भ्रमण पूरा गरेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।