बुर्तिबाङ काण्ड : अर्यालले मेयर नेपालीलाइ जातिय रुपमा गाली बेईजती गरेको आरोप

हाम्रो सन्देश संवाददाता

बुर्तिबाङ, २६ कार्तिक ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीकी धर्मपत्नी छेला नेपालीले नेकपाका जिल्ला सदस्य चन्द्र अर्याललाई आफुले हातपात गरेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको बताइन । आज दरबार होटेलको प्रवेश व्दारमा नेपालीले अर्याललाई अभद्र व्यवहार सहित हातपात गरेको भन्ने शिर्षकमा विभिन्न अन्लाईनहरुमा समाचार आएपछि उक्त समाचारको खण्डन गर्दै उनले सत्यता नभएको दावी गरिन । पत्रकारहरुसंग कुरा गर्दै नेपालीले, नेता अर्यालले आफ्नो श्रीमान (नगर प्रमुख देव कुमार नेपाली) लाई जातिय रुपमा गाली बेईजती गरेपछि आफुले त्यस्को जवाफ दिने क्रममा सामान्य विवाद मात्रै भएको बताइन ।
गत २१ गते उपनिर्वाचनको उम्मेदबार मनोनयन दर्ता गरी जिल्ला सदरमुकाम बागलुङ देखि बुर्तिबाङ फर्कने क्रममा नेता अर्यालले जिल्लाको घोडाबाधे भन्ने स्थानमा नेकपा जिल्ला सदस्य तथा नगर प्रमुखको राजनैतिक सल्लाहकार समेत रहेका केशर छन्त्यालसंग राजनैतिक विषयमा विवाद गर्दैै यस्तो बताएका थिए, “त दमाई, बाजा बजाउनेको पछि लागेर मेरो राजनिति सिध्याउने खोजिस्” “अव तेरो राजनिति सिध्याउन म पनि लाग्छु” । नेता अर्यालले यस्तो बताएको प्रत्यक्षदर्शी नेकपाका सक्रिय कार्यकर्ता राष्ट्रिय पुनले बताए ।
एक सामाजिक व्यक्तिले अपशव्द प्रयोग गरी जातिय रुपमा होच्याउन खोज्नु सिंगो दलित समुदाय माथिको अपमान भएको भन्दै श्रीमती नेपालीले नेता अर्याललाई, यस्तो गर्न मिल्छ ? भनेर प्रश्न गर्ने क्रममा विवाद मात्र भएको उनले बताइन। विवादका क्रममा आफुले, दलितमाथी अपमानजनक व्यवहार गर्नेहरुलाई दलितको घर भित्र पस्न पनि छुट नभएको भनि दरबार होटेलमा जान रोक लगाएको नेपालीलेको भनाई थियो । सामाजिक क्रियाकलापमा सक्रिय व्यक्तिले जातिय विभेद विरुद्ध लाग्नुको सत्ता नेता अर्यालद्धारा उल्टै विभेदलाई बढावा दिने काम भएको नेपालीले बताइन । आफुलाई घटनाको विषयमा सोधपुछ नगरी अन्लाईन मिडियाहरुले एक पक्षिय रुपमा गलत सामाचार सम्प्रेशन गरी आफ्नो चरित्र हत्या गर्न खोजेकोमा नेपालीले खेद प्रकट गरिन ।

ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीकी धर्मपत्नी छेला नेपालीले नेकपाका जिल्ला सदस्य चन्द्र अर्याललाई आफुले हातपात गरेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नभएको बताइन । आज दरबार होटेलको प्रवेश व्दारमा नेपालीले अर्याललाई अभद्र व्यवहार सहित हातपात गरेको भन्ने शिर्षकमा विभिन्न अन्लाईनहरुमा समाचार आएपछि उक्त समाचारको खण्डन गर्दै उनले सत्यता नभएको दावी गरिन । पत्रकारहरुसंग कुरा गर्दै नेपालीले, नेता अर्यालले आफ्नो श्रीमान (नगर प्रमुख देव कुमार नेपाली) लाई जातिय रुपमा गाली बेईजती गरेपछि आफुले त्यस्को जवाफ दिने क्रममा सामान्य विवाद मात्रै भएको बताइन ।
गत २१ गते उपनिर्वाचनको उम्मेदबार मनोनयन दर्ता गरी जिल्ला सदरमुकाम बागलुङ देखि बुर्तिबाङ फर्कने क्रममा नेता अर्यालले जिल्लाको घोडाबाधे भन्ने स्थानमा नेकपा जिल्ला सदस्य तथा नगर प्रमुखको राजनैतिक सल्लाहकार समेत रहेका केशर छन्त्यालसंग राजनैतिक विषयमा विवाद गर्दैै यस्तो बताएका थिए, “त दमाई, बाजा बजाउनेको पछि लागेर मेरो राजनिति सिध्याउने खोजिस्” “अव तेरो राजनिति सिध्याउन म पनि लाग्छु” । नेता अर्यालले यस्तो बताएको प्रत्यक्षदर्शी नेकपाका सक्रिय कार्यकर्ता राष्ट्रिय पुनले बताए ।
एक सामाजिक व्यक्तिले अपशव्द प्रयोग गरी जातिय रुपमा होच्याउन खोज्नु सिंगो दलित समुदाय माथिको अपमान भएको भन्दै श्रीमती नेपालीले नेता अर्याललाई, यस्तो गर्न मिल्छ ? भनेर प्रश्न गर्ने क्रममा विवाद मात्र भएको उनले बताइन। विवादका क्रममा आफुले, दलितमाथी अपमानजनक व्यवहार गर्नेहरुलाई दलितको घर भित्र पस्न पनि छुट नभएको भनि दरबार होटेलमा जान रोक लगाएको नेपालीलेको भनाई थियो । सामाजिक क्रियाकलापमा सक्रिय व्यक्तिले जातिय विभेद विरुद्ध लाग्नुको सत्ता नेता अर्यालद्धारा उल्टै विभेदलाई बढावा दिने काम भएको नेपालीले बताइन । आफुलाई घटनाको विषयमा सोधपुछ नगरी अन्लाईन मिडियाहरुले एक पक्षिय रुपमा गलत सामाचार सम्प्रेशन गरी आफ्नो चरित्र हत्या गर्न खोजेकोमा नेपालीले खेद प्रकट गरिन ।ढोरपाटन न्युजबाट

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।