प्रचण्डद्वारा राजा महेन्द्रको बचाऊ, तथ्यमा जान बाबुरामलाई आग्रह

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ कार्तिक ।

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले चर्चा गरिए जस्तो हिजोका राजा महाराजाले नेपाली भूमिमा भारतीय सेना राख्न नदिएको दाबी गरेका छन् ।

यसैसाता प्रचण्डका पूर्वसहकर्मी तथा समाजावादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन राजा महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएको अभिव्यक्ति दिएका थिए ।

सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भट्टराईको नाम नलिईकन उक्त अभिव्यक्तिको खण्डन गर्दै राजा महेन्द्रको बचाऊ गरेका हुन् ।

‘हिजोका राजा महाराजाहरुले विदेशी सेना राख्न दिएको भन्ने कुरा होइन। कुनै पनि तथ्य त्यस्तो छैन’, प्रचण्डले भने, ‘उनीहरुले दिएको भन्ने केही प्रमाण पनि छैन । जे ऐतिहासिक तथ्य हो त्यसमै जानुपर्छ । महाकाली सीमा नदी हो, त्यसपूर्वको नेपाल हो भने पश्चिमको भारत हो ।’

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।