महावाणिज्य दूतावास अगाडि मोदीको तस्बिरमा आ’गाे झाे’सियाे

हाम्रो सन्देश संवाददाता

पर्सा, २४ कार्तिक ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मादीकाे तस्बीरमा आगाे झाेसिएकाे छ । भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेटेको वि’राेधमा वीरगन्जकाे महावाणिज्य दूतावास अगाडि मोदीको तस्बिरमा आ’गाे झाे’सिएकाे हाे । देश बचाउ सं’घर्ष समितिको अगुवाईमा भारत वि’रोधी ना’रा लगाउँदै भारतीय महावाणिज्य दूतावास पुगेका युवाको समूहले भारतका प्रधानमन्त्री मोदीको तस्बिर ज’लाइदिएका हुन्।

काठमाडौंले फरक दृष्टिकोणले हेर्ने गरेको वीरगन्जमा यसको अतिरिक्त भारत वि’रोधी ना’रा मज्जाले घन्किएको छ। देश बचाउ सं’घर्ष समितिका युवाले ‘ग’द्दार छिमेकी चाँहिदैन, सीमा मि’च्न पाइदैन’ भन्दै ‘गो व्याक इण्डिया’को ना’रा पनि लागउन भ्याए। वीरगन्जको घण्टाघर चोकमा जम्मा भएका युवाले ना’रा लगाउँदै वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासको गेटसम्म पुगेका हुन्। उनीहरूले त्यहाँ इण्डियाका प्रधानमन्त्री मोदीको पछिल्लो क’दम ठी’क नभएको भन्दै मोदीवि’रुद्ध च’र्का ना’रा पनि लगाए। उनीहरूले कोणसभा पनि त्यहीँ गरे।

भारतीय दूतावासका केही कर्मचारी भि’डमा आएर फोटो खिच्दै जा’सुसी गरिरहे पनि आ’क्रोशित युवाले ती कर्मचारीको वास्ता नगरी अझ च’र्का ना’रा लगाए। नेपालको झण्डासहित पुगेका युवाको समूहका अगुवाको तस्बिर भारतीय महवाणिज्य दूतावासका कर्मचारीले जुम गरिकन मोबाइलमा पनि खिचे । यो देखेका युवाले भारतीय महावाणिज्य दूतावास पनि गो ब्याक भन्न बाँकी राखेनन्। कोणसभापश्चात उनीहरू समूहगत रूपमा घण्टाघर चोकतर्फ नै ना’रा लगाउँदै अगाडि बढे। वि’रोध कार्यक्रममा देश ब’चाउ सं’घर्ष समिति र अनेराश्ववियुसँग आब’द्ध युवाको बढी सहभागिता रहेको थियो। समूहको अगुवाई स्थानीय युवा मित्रदेव यादवले गरेका थिए भने कोणस’भाको संचालन स्थानीय युवा हेमन्त तामाङले गरेका थिए।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamros[email protected] मा पठाउनुहोला ।
Loading...