भारत विरुद्ध प्रदर्शन गर्ने माथि प्रहरीको हस्तक्षेप, विद्यार्थीमाथि लाठी प्रहार, केहि प्रकाउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ कार्तिक ।

भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा काठमाडौँमा आयोजित विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रदर्शनको क्रममा एक दर्जनभन्दा बढी पक्राउ परेका छन् । प्रहरीले लाठि प्रहार गर्दा केहि विद्यार्थी घाइते समेत भएका छन् ।

भारतीय अतिक्रमणको विरोधमा विप्लव निकट विद्यार्थी संगठन लगायतको आयोजनामा भएको प्रदर्शनमा प्रहरीले लाठी प्रहार गरेको हो ।

प्रहरीले विरोध प्रदर्शनको लागि आएका विद्यार्थीहरुलाई ठाउँठाउँमा रोकिरहेको छ भने माइतीघरमा पुगेकामाथि हस्तक्षेप गरेको हो।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...