कालापानी दावी गर्ने भारतसँग कुनै ठोस प्रमाण छैनः राजन भट्टराई

हाम्रो सन्देश संवाददाता

कार्तिक,२३ काठमाडाैँ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइले भारत सरकारले कालापानी लिम्पियाधुरा क्षेत्रको नेपाली भूभागमा आफ्नो भन्दै दावीगर्नु उचिन नभएको बताउनुभएको छ ।

उहाँले भारत सरकारले हचुवाका भरमा नेपाली भूमिलाई आफ्नो भन्न नसक्ने र त्यसका लागि आधार र प्रमाणहरु देखाउनुपर्ने दावी गर्नुभएको छ । डा. भट्टराइले अहिले सम्मका प्रमाण र आधारलाई हेर्दा त्यो भूमि नेपालको हो भन्ने कुरामा दुइमत नभएको भन्दै त्यसमा भारतले कुनैपनि हालतमा दावीगर्न नमिल्ने जिकिर गर्नुभयो ।

उहाँले राष्ट्रिय अस्तित्वको प्रश्न उठेकाले अहिले भारत विरोधी सडक आन्दोलनहरु दवावका लागि सहिभएको पनि बताउनुभयो । नेपाल र भारतवीचमा २०१८ सालदेखि धेरै ठाउँमा सीमा विवाद रहेको उल्लेख गर्दै सल्लाहकार भट्टराइले सानातीना धेरै सीमाका विवाद मिलिसकेको र अब सुस्ता, कालापानी र लिम्पियाधुरादेखी लिपुलेकसम्मको विवाद मिलाउन बाँकि रहेको उल्लेख गर्नुभयो ।

उहाँले विगतमा सरकारहरु स्थिर नहुने र पटक पटक व्यवस्थाका लागि आन्दोलन गर्नुपरेका कारण यस्ता विषयहरुमा साझा एजेण्डा बनाउन नसकिएको बताउनुभयो । भट्टराईले अब राष्ट्रिय रुपमा एक नीति तयार गरी सवै सीमा सुरक्षीत गरेर जाने विषयमा पनि छलफल गर्नुपर्ने बताउनुभयो ।

उहाँले यसलाई कुटनितिक र राजनितक रुपमा हल गर्नुपर्छ भन्दै शान्तपुर्ण वार्ताबाटै यो समस्याले निकास पाउने दावी गर्नुभयो । सीमा विवाद जस्ता विषय अहिलेको अहिले नै हुने विषय नभएको र यसले नेपाल भारतबीचको सम्बन्ध पनि नविगार्ने उहाँको भनाइछ । भट्टराईले यसअघि पनि कालपानी र लिम्पियाधुराका सीमाका विषयमा प्रधानमन्त्री तहमै पनि कुरा भएको बताउनुभयो ।

उहाँले सान २०१५ मा भारत र चीनवीच लिपुलेकका विषयमा भएको सहमतिलाई लिएर तत्कालिन सरकारले चीन सरकारलाई पत्र लेखेको र नेपालको असहमती पछि उनीहरु पनि अगाडी नबढेको भन्दै हामीले तीपक्षय रुपमा नयाँ सिराबाट सुरु गर्नुपने भएकाले सीमासंग जोडिएका समस्या भारत र चीनसंग बार्ताका माध्यामबाट राखिने बताउनुभयो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...