चिसोका कारण स्वास्थ्यमा समस्या आएपछि डा. केसी अस्पताल भर्ना

हाम्रो सन्देश संवाददाता

कार्तिक,२३ काठमाडाैँ ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो बेलुका डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उहाँकै सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा. केसीलाई अस्पताल भर्ना गरिएको डा. कँडेलले बताउनुभएको छ ।
चिसोका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

डा. केसीले अस्पतालबाटै अनशन जारी राख्नुभएको छ । सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ देखि अनशन थाल्नुभएको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...