‘सत्याग्रही’डा.केसीको स्वास्थ्य अवस्था नाजुक, बोलचाल र भेटघाट बन्द

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ कार्तिक ।

चिकित्सा शिक्षा सुधारको माग गदै डा. गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको अनशन आज पनि जारी छ।
डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका छन्।

डा.गोविन्द केसीले राखेका मागमा डोटीका विभिन्न ५ वटा संघसस्थाले ऐक्यबद्धता जनाएका छन्। अनशनरत डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ। सदरमुकामस्थित डडेल्धुरा अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा अनशन बसिरहेका केसीको चिसोका कारण स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको हो।

चिसोका कारण अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको र ब्लड प्रेसर घटेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कंडेलले जानकारी दिए। उनका अनुसार केसीको ब्लडप्रेसर तलमाथि भइरहेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...