‘प्रेम गीत ३’ को मोसन टिजरमा प्रदीप (भिडियो)

हाम्रो सन्देश संवाददाता

बहुप्रतिक्षित फिल्म प्रेम गीत ३ को मोसन टिजर सार्वजनिक भएको छ । ५६सेकेन्डको टिजरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्काको योद्धाको रुप देख्न सकिन्छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म उनीहरुले नै निर्माण गर्दै छन् । चंखे शंखे पंखे, प्रेम गीत, प्रेम गीत २, मेरी मामु पछिको निर्माता सेनको यो पाँचौं प्रोजेक्ट हो । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर प्रर्दशनमा आउने छ । फिल्ममा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्कर लगायत को अभिनय रहने छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...