पाथीभरा मातालाई भेटी स्वरुप एक शेयर गर्दै, ॐ लेखी २०७६ साल कात्तिक २० गते बुधबारको राशिफल पढ्नुहोस।

हाम्रो सन्देश संवाददाता

हेर्नुहोस आजको राशिफलमा

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):- व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):- अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते):- राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू):- दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे):- बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी):- अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा):- कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्नसके आर्थिक रुपमा सम्पन्न होईनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ ।

(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! )

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...