प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गाडी दुर्घटनामा

हाम्रो सन्देश संवाददाता

दाङ, १९ कार्तिक ।

नेकपाकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गाडी दुर्घटनामा परेको छ । सोमबार राति बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही–घोराही सडक खण्ड कुलमोडस्थित सडकबाट झण्डै सय मिटर तल अर्जुनखोलामा खसेको छ ।

सांसद चौधरीलाई घोराही छोडेर लमहीतर्फ फर्किँदै गर्दा अचानक राति ११ बजे उक्त दुर्घटना भएको चालक रतन चौधरीले बताए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।