सुकुटे दुर्घटनामा १७ को मृत्यु । क- कसको भयो मृत्यु ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कार्तिक ।

दोलखाको मागे देउरालीबाट काठमाण्डौ आउँदै गरेको यात्रुबाहक बस अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकेटे नजिक सुनकोसी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक सत्र मध्य पाँच जनाको भने सनाखत भएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरासुन्दरी गाउपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उहाँकी छ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउतर सोही गाउँपालिकाका ३ वर्षिय सिसन तामाङ रहेको प्रहरीले जनाएको छ । उद्धार र खोजी कार्य अझै जारी रहेको प्रहरीले बताएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।