मृतकको संख्या १३ पुग्यो नदीबाट बस निकालियो, बस पुरै खाली सबै बगाएको आशंका

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कार्तिक ।

अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा आज भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाण्डौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकेटे नजिक सुनकोसी नदीमा खसेको हो । दुर्घटनामा परि घाईतेहरुहरुको खाडिचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको छ । ४० भन्दा बढी सवार भएको उक्त बस नदीमा डुबेको अवस्थाबाट बाहिर निकाल्न उद्धरकर्मीहरु सफल भएपपनि बसभित्र कोही यात्रु नभेटाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफलेले जानकारी दिनुभयो ।

बसमा सवार सबै खोलाले बगाएको हुन सक्ने उहाँले बताउनु भयो । दुर्घटनामा परेका एक बालख र बस चालकको भने उद्धार गरिएको छ । बगाएकाहरुको तीव्र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु मृत्यु भएको छ।

आइतबार दिउँसो बस सुनकोशी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सवा १ बजे सुनकोशी नदीमा खसेको हो। डिएसपी माधव काफ्लेले दिएको जानकारी अनुसार घटनास्थलमा ६ जनाको शव फेला परेको छ। ‘मृतकको संख्या बढ्न सक्छ, हामी खोजी र उद्धार गरिरहेका छौं,’ डिएसपी काफ्लेले भने। मृतकको सनाखत भइसकेको छैन।

बसमा ४० यात्रु सवार थिए। घाइतेमध्ये ६ जनाको उद्दार गरी अस्पताल पठाइएको काफ्लेले जानकारी दिए। बसका चालक धनबहादुर तामाङ नदीबाट आफैं माथि आएका थिए। लगत्तै उनी बेहोस भएपछि अस्पताल पठाइएको छ।

उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।