‘पाँचवटा शव निकाल्यौँ, केही शव नदीमा बगेका छन्’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कार्तिक ।

सिन्धुपाल्चोकको सुकटे नजिकै सुनकोशी नदीमा बस खस्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । नदीबाट पाँच वटा शव निकालिएको घटनास्थलमा खटिएका जलबिरेका प्रहरी निरीक्षक विनोद धितालले बताए ।

‘पाँचवटा शव घटनास्थलबाट निकालेका छौँ, केही शवहरु नदीले बगाएको छ, हामी खोजिरहेका छौँ’, धितालले भने । उनका अनुसार नदीले बगाएका शवहरु घटनास्थल भन्दा केही तल फेला परेका स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

१५ जना घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल पठाइएको धितालले बताए । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबहाक बस सिन्धुपाल्चोकको सुकुटे बिच नजिकै सुनकोशी नदीमा खसेको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।