सरकारी वकिलको बहस सकियो, महराका वकिलले केहीबेरमा बहस गर्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कार्तिक ।

जबरजस्ती करणी प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस अहिले जिल्ला अदालत काठमाडौँ चलिरहेको छ।

पीडितको तर्फबाट सरकारी वकिलको बहस सकिएको महराका वकिल मुरारी सापकोटाले जानकारी दिए।

केहीबरेमा महरा पक्षका वकिलहरुले बहस सुरु गर्नेछन्। उनीहरुको बहस सकिएपछि काठमाडाैँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले थुनछेक आदेश गर्नेछ।

पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश हुनेछ। महराको तर्फतफबाट वरिष्ठ अधिवक्ता लव मैलानी, रमन श्रेष्ठ लगायतले बहस गर्दैछन्।

संसद सचिवालयमा काम गर्ने रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाएपछि महरामाथि अनुसन्धान सुरु भएको थियो। आरोप लगत्तै महराले सभामुख पदबाट राजिनामा दिएका थिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।