प्रधानमन्त्रीको आज तेस्रो पटक डायलाइसिस गरिँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ कार्तिक ।

दुई दिन अस्पताल बसेर फर्किएका प्रधानमन्त्री केपीशर्मा ओली आज पुनः अस्पताल जाँदै छन् ।

तेस्रो पटक डायलाइसिस गर्नका लागि उनी ग्राण्डी अस्पताल जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार कुन्दन अर्यालका अनुसार केहिबेरपछि अस्पताल जाने तयारी भएको छ । ओली अस्पताल जाने भएपछि बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक पछाडी धकेलिएको छ । सचिवालयको बैठकको समय टुंगो लाग्न सकेको छैन ।

शनिबार बसेको सचिवालय बैठकमा आफू ठिक रहेको बताएका प्रधानमन्त्री ओलीले आज तेस्रो पटक डायलाइसिस गराउन लागेका हुन् । ओलीले यसअघि ग्रान्डी अस्पतलामा दुई पटक डायलाइसिस गराइसकेका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।