म्याग्दीको रुममा जीप दुर्घटना: २ जनाको मृत्यु, १४ घाइते

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ कार्तिक ।

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

दरबाङबाट रुम जाँदै गरेको ध१ज ५९५ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिपमा १७ जना यात्रु रहेको जनाइएको छ ।

घाइतेलाई उपचारका लागि दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका याम बुढाले जानकारी दिए । दुर्घटनाबारे थप जानकारी आइनसकेको प्रहरीको भनाइ छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।