भारतले प्लाष्टिकको चामल मिसाएर पठाउने गरेको गम्भीर खुलास, भारतीय चामल नखान अनुरोध

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

नेपालमापनि नक्कली चामलको बिगबिगी देखिएको छ । प्लाष्टिक चामल भित्रिएको तथ्य बाहिर आएसँगै सचेतना फैलाउन थालिएको छ । नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामलमा प्लाष्टिक चामल मिसाईएको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको छ जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आदेश गरेको छ ।

गोरखा नगरपालिका–६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि खाना खान लाग्दा उक्त ब्राण्डको चामल प्लाष्टिकको भएको खुल्न आएको थियो ।उनले भने, ‘खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो । युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।’

जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेल जानकारी दिनुभयो । यस विषयमा सरकारी पक्षले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...