धादिङको गजुरी गाउँपालिकामा जिप पल्टिदा २३ जना घाइते

हाम्रो सन्देश संवाददाता

धादिङ, १४ कात्तिक ।

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ ।

कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको छ ।

धादिङको गजुरी गाउँपालिका –२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा दुर्घटना भएको ग१ज ३०११ नम्बरको बोलेरो जीप । सडकबाट २५ मिटर तल खोलामा जीप खस्दा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तस्बिरः सिताराम अधिकारी

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।