कैलालीको साडेपानीमा एकआपसमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

सुखड, १४ कार्तिक ।

कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानी स्थित पुर्वपश्चिम राजमार्गमा बिहीवार बिहान बिपरित दिशाबाट आइरहेका मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

पश्चिमबाट पुर्व आउदै गरेको ओनटेस्ट मोटरसाइकल र पुर्वबाट पश्चिम जाँदै गरेको से ७ प ८७६० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा सोही वडाका स्थानीय ५० बर्षिय देविराम आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक आचार्य आफ्नै दाइ ४६ बर्षिय इन्द्र आचार्यले चलाइरहेको मोटरसाइकलमा सवार रहेको समेत प्रहरीले जनाएको छ ।

प्रहरीले ओनटेस्ट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका ८ का २३ बर्षिय लोकेन्द्र गुरुङलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । घाइते आचार्यको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भैरहेको छ भने मृतक आचार्यको शव पोष्टमार्टमको लागि धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।