टीकापुरमा भैली खेल्ने क्रममा दुईजना माथी धारिलो हतियार प्रहार

हाम्रो सन्देश संवाददाता

टीकापुर, १४ कार्तिक ।

कैलालीको टीकापुरमा देउसी भैलो खेल्ने क्रममा दुईजना माथी धारिलो हतियार प्रहार भएको छ ।

श्रोतका अनुसार देउसी भैलो टोलि भित्रका दुईजनालाई टीकापुर उद्योग बाणिज्य संघको कार्यालय आसपास अज्ञात समुहद्वारा धारिलो हतियार प्रहार भएको हो । प्रत्यक्षदर्शीहरुले खुकुरी प्रहार भएको बताएता पनि प्रहरीले खुकुरी नै प्रहार भएको भन्ने पुष्टि नभईसकेको जनाएको छ ।

टीकापुर नगरपालिका १ ब्लक नम्बर २१ बस्ने ४३ बर्षिय खेमराज घिमिरे र सोही ठाउँका दले साउदलाई खुकुरी प्रहारबाट हातमा चोट लागेको बताइएको छ ।

घाइते दुबैजनाको टीकापुर अस्पतालमा सामान्य उपचार भैरहेको छ भने खुकुरी प्रहार गर्नेहरुको व्यापक खोजीकार्य भैरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।