तिहार लगत्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा झर्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ कार्तिक ।

तिहार सकिएसंगै सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ । सुन आज प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा नै कारोबार भइरहेको छ । तिहारअघि पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...