छठ पूजामा यी सामाग्रीकाे हुन्छ प्रयोग, तपाईंले जुटाउनु भयो ? यस्ताे छ पूजा विधि

हाम्रो सन्देश संवाददाता

नवलपरासी, १४ कार्तिक ।

चार दिनसम्म चल्ने आस्थाको महापर्व छठ भोली बिहिबारबाट नुहाई-धुवाईपछि सुरु हुँदैछ । अर्थात मानिसहरु घरको सरसफाई गर्ने र सात्विक भोजन गरेपछि पर्व सुरु गर्दछन् । छठमा तपाईं देख्न सक्नुहुन्छ कुन पूजा सामाग्री प्रयोग हुन्छन र पूजाको विधि के छ ? आउनुहोस थप चिज जानौँ ।

पूजा विधि

बाँसको चोयाले बनेको टोकरीलाई धोएर त्यसमा सुजीबाट बनेको मिठाइ (ठेकुआ) को अलवा नयाँ फल सब्जी पनि राखिन्छ । जस्तै केरा, मूला, अदुवा पत्ता समेत, बेसार, नरिवल, समोसा, भूइँकटहर,आदि । सूर्यलाई अर्घ दिने समय सम्पूर्ण प्रसाद सूपमा राखिन्छ । सूपमै दियो जलाइन्छ । लोटाबाट सूर्यलाई दूध, गंगाजल र सफा पानीले फल प्रसादको माथि चढाउँदै अर्घ दिइन्छ । प्रसादको रुपमा बनेको ठेकुआ र चामलको लड्डु त्यहि चामल वा गहुँबाट बन्दछ, जो विशेष तरिकाले छठको लागि धुनुहोस, सुकाउनुहोस र पिस्नुहोस् । ध्यानमा राख्नुहोस कि सुकाउने समय अन्नमा कसैको पैताला जानु हुँदैन । यहाँसम्म कि कुनै पंक्षीपनि नआओस् किनकी जूठो मानिन्छ । गहूँको चामल प्रयोगमा बर्जित छ ।

सामाग्री सूची

प्रसाद राख्नको लागि बाँसबाट बनेको तीनवटा टोकरी
बाँस या पित्तलबाट बनेको तीन सूप, लोटा, थाल, दूध र जलको लागि गिलास ।
नयाँ वस्त्र साडी, कुर्ता, पाइजामा ।
चामल, रातो सिन्दूर, धूप र ठूलो दियो ।
पानीवाला नरिवल, उखु जसमा पत्ता लागेको होस् ।
सुठुनी र तरुल ।
बेसार, अदुवा ।
नशपाति, गुलियो कागती ।
चीनी/सक्खरको डब्बा, पान र सुपारी ।
कपूर, कुमकुम, चन्दन, मिठाइ र गेडागुडी ।
यी सामानसँगै ठेकुआ, मालपूवा, खीर, पूरी, खजूर, सूजीको हलुवा, चामलबाट बनेको लड्डु आदि प्रसादको रुपमा चढाइन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।