दिदीबहिनी भाइ टिका लगाउन घरमा जम्मा भएकै बेला भाइको दुर्घटना बाट दुःखद निधन

हाम्रो सन्देश संवाददाता

राजविराज, ११ असोज ।

रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा ट्र्याक्टरले ठक्कर दिँदा आज मोटरसाइकल चालकको निधन भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका १९ वर्षीय दिपेश यादवको निधन भएको प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा आज उनको निधन भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको स१त ४३६९ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा३८प ७१९५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार रुपनी गाउँपालिका–५ कै २२ वर्षीय रुपेशकुमार खङ्गको दुवै खुट्टामा चोट लागेर घाइते हुनुभएको छ । उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरी उपरीक्षक भारतीले जानकारी दिनुभयो ।

यस्तै कञ्चनपुर–फत्तेपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकलको ठक्करबाट सप्तकोशी नगरपालिका–१ नयाँबजार बस्ने ३५ वर्षीय राजेश शर्माको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिइएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।