४ जना चढेको मोटरसाइकल रुखमा ठोक्कियो, चालकको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ असोज ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा चार जना चढेको मोटरसाइकल दु*र्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घाइते अन्य तीन जनामध्ये एकजनाको अवस्था गम्भीर छ ।

आइतबार साँझ ५ बजेतिर ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक नवलपरासीको कावासोती-५ निवासी २२ वर्षीय कृष्ण कुमालको मृत्यु भएको हो । दु*र्घटनामा गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको र उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दु*र्घटनामा कावासोती ३ का १६ वर्षीय अमन पुनमगर, कावासोती ५ का राम परियार र धनबहादुर कुमाल घाइते भएका छन् । घाइतेहरुमध्ये अमन पुनमगरको अवस्था गम्भीर छ । उनलाई उपचार गर्न चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको छ । मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्न प्रतिबन्ध छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।