पाथिभरा माताको दर्शन गरि तपाइको आजको दिन के-कस्तो छ, हेर्नुहोस राशिफल !

हाम्रो सन्देश संवाददाता

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ कार्यको योग छ । पारिवारिक मेलमिलाप बढ्नेछ । दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तले उत्साह जगाउनेछन्। मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धन वृद्धि होला । पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ ।द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी हुनसक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्याहारिक समस्याले याेजना स्थगन हुने देखिन्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता । मित्रजनबाट सुख प्राप्ति । कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ।अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला। अध्ययनमा समय दिन नसकिएला।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने समय छ।व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । यात्रामा लाभ मिल्ने योग ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अनुसन्धानमूलक काममा चासो बढ्ला । झुटो आरोप । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । मिष्ठान्न भोजनको योग ।छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धार्मिक कार्यमा उत्साह । वैदेशि यात्राको अवसर । समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ।शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)कार्यमा प्रगति । धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा होला । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मित्रजनको सहयोगले धन आर्जन ।आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीले कममात्र फाइदा हुनेछ। स्वास्थ्यमा समस्या आउँन सक्छ । वमनमा चञ्चलता,महत्वपूर्ण कार्यमा उल्झन । अध्ययनमा प्रगती । पारिवारिक भेटघाटको अवसर ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट। भ्रमण फलदायी रहने छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ । सवारी यात्रामा जोखिम ।कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। आफ्नै रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ला। बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ। आर्थिक लाभ मिल्ने छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरायासी काममा व्यस्तता बढ्ने छ । शत्रु परास्त हुने । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। सन्तानबाट सहययोग प्राप्त हुनेछ ।अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।