ज्ञानेन्द्र शाही एसएलसीमा फेल, सिएको नक्कली सर्टिफिकेट!

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० असोज ।

भ्रष्टाचार विरोधी अभियन्ता बताउदै आएका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)को ललितपुरमा गरेको पत्रकार सम्मेलनमा लफडा भएसङ्गै एसएलसीमा फेल र सिएको नक्कली सर्टिफिकेट रहेको कुरा बाहिर आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले नेपालगन्जमा भएको घटनाबारे जानकारी दिन भन्दै नेपालका लागि नेपालीको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकार सम्मेलनमा पत्रकारसँगै विद्यार्थीहरु पनि पुगेका थिए ।

सम्मेलनमा पत्रकारसँगै केही विद्यार्थीहरुले शाहीलाई केही व्यक्तिगत प्रश्न गरेका थिए । प्रश्नकर्ताले नाम ज्ञानबहादुर शाही भएपनि ज्ञानेन्द्र शाही भनेर उल्लेख किन गरेको भन्ने प्रश्नको उत्तर दिनु भन्दा शाहीले प्रतिप्रश्न गर्न थालेपछि तनाब सुरु भयो । प्रचण्डको नाम के हो ? । एसएलसीमा फेल भएको र सिएको नक्कली सर्टिफिकेट रहेको भनेर प्रश्न गरेपछि शाहीले मुद्धा हाल्नु भन्दै जवाफ फर्काएका थिए । सम्मेलनको बीचमा शाहीले बेलाबेलामा अरिङगाल आए भन्दै कानेखुसी गरिरहेका थिए ।

तनावपछि केही अप्रिय घटना नहोस् भनेर शाहीलाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जानकारी दिएको थियो । प्रहरी निगरानीमा अहिले उनी छुटेका छन् ।

नेपालमा बाथरोगीको सङ्ख्या बढ्दै,महिलाहरुमा देखियो बढी

बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीले दैनिक रूपमा ३० जनाभन्दा बढी बाथरोगीको उपचार आफूले गर्ने गरेको जानकारी दिएकी छिन् । बाथरोगका नयाँ बिरामी र फलोअपमा आउने बिरामीसमेत गरी दैनिक ३० देखि ५० जनालाई उपचार गर्ने गरेको जानकारी दिँदै उनले नेपालमा बाथरोगीको सङ्ख्या बढ्दै गएको बताइन् । उनले नेपालमा सयभन्दा बढी प्रकारका बाथ रोग पत्ता लागिसकेको जानकारी दिँदै नेपालमा भने गठिया, मांसपेशीको बाथ, हड्डी खिइने बाथले धेरैजसो सताउने गरेको बताइन्। बाथले शरीरका अङ्गहरूलाई नष्ट गर्ने भन्दै एक पटक बाथरोग लागिसकेपछि नियमित रूपमा फलोअप र औषधि सेवन गरिरहनुपर्ने बताइन् ।

जीवाणु, वातावरणीय कारण, चुरोट, घामको परावैजनिक किरण (यूभी रे) जस्ता कारणले पनि बाथ हुने सम्भावना बढी हुने भन्दै उनले पुरुषभन्दा महिलाहरूमा बाथको समस्या बढी रहेको बताइन् । बाथले जोर्नी, शरीरका भित्री भागलाई समेत आक्रमण गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताइन् ।

वरिष्ठ बाथरोग विशेषज्ञ डा. बुद्धि पौड्यालले बाथले बालबालिकादेखि वृद्धसम्मलाई असर गर्ने बताए । नेपालमा कुनै न कुनै किसिमको बाथरोगबाट २० प्रतिशत जनसङ्ख्या पीडित रहेको जानकारी दिँदै उनले बाथको प्रकार अनुसार भिन्न उमेर समूहको मानिसलाई सताउने गरेको बताए । बाथमुटुरोग १५ वर्षसम्मका बालबालिकालाई मात्र देखापर्ने भन्दै उनले लुपस बाथले ९० प्रतिशत महिला पीडित हुने गरेको जानकारी दिए । डा. पौड्यालले बाथको खास कारण नभए पनि वंशाणुगत र वातावरणीय कारण प्रमुख रहेको बताए ।

ढाडको बाथ १५ वर्षदेखि ५० वर्षसम्म, आमबाथ ३५ वर्षमाथि, हड्डी खिइने बाथ जुनसुकै उमेर समूहका व्यक्तिलाई हुने गर्दछ, डा। पौड्यालले बाथरोग दीर्घरोग भएकाले पूर्ण रूपमा निको नहुने जानकारी दिँदै उपचारपछि नियन्त्रण मात्र गर्न सकिने बताए । उनका अनुसार बाथरोग लागिसकेपछि जीवनभर नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।

उनले उमेर धेरै भइसकेका महिला र पुरुषहरूमा कुर्कुरे हड्डी खिइने बाथ बढी देखा पर्ने बताए । डा. पौड्यालले बाथरोगका लक्षणमा साना तथा ठूला जोर्नीहरू सुन्निने, दुख्ने, बिहान जाम भएको जस्तो वा अरट्ठो हुने, बिहान मुट्ठी कस्न गाह्रो हुने र दिउँसो हुँदै जाँदा सजिलो हुँदै जाने, बिहान वा राति सुतिसकेपछि ढाड दुख्ने लक्षण देखापर्ने जानकारी दिए।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।