ज्योती मगरको सरकारलाई चेतावनी : भिटेनलाई तुरुन्त रिहा गर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,८ कात्तिक ।

समिर घिसिङ उर्फ भिटेनलाई प्रहरीले पक्राउ गरेपछि गायिका ज्योती मगरले कडा अभिव्यक्ती सार्वजनिक गरेकी छिन् । सामाजिक सन्जालमा लामो स्ट्याटस सार्वजनिक गर्दै उनले सरकारले जे गरिरहेको छ, गलत गरिरहेको आरोप लगाइन् ।रेपर तथा रेपिस्टलाई समाउनु पर्नेमा -यापर समात्दै छ सरकार, उनले भनिन्, ‘अश्लिलता नियन्त्रण गर्ने सरकारको प्रयासलाई नराम्रो नमानौ । तर, ठूला ठूला मुद्धा चलिरहेको बेला गायक कलाकारहरुलाई समात्दै गीत डिलिट गर्न लगाउनु कतै ठूलो मुद्धाबाट ध्यान मोड्ने प्रयास त होइन ?’

अश्लिलताको पक्षमा कदापी वकालत गर्दैनौं, ढुक्क हुनुस् । तर, सरकारले कलाकार छान्दै, गीत छान्दै नियन्त्रणमा लिएर युट्युवबाट गीत डिलिट गर्न लगाउने हो भने, दैनिक कम्तीमा पनि १ जना समातिन्छन्, उनले थपिन्, ‘यो कुन नीति हो ? त्यो पो थाहा हुनुप-यो ।’अनुपयुक्त सामग्री सरकारले नै युट्युवमा सेन्सर गर्न आग्रह गर्दै उनले सरकारलाई प्रश्न गरिन्, ‘मान्नुहोस् भिटेन नेपालमा बस्दैनन् रे । यदि उनले नेपाल बाहिर बसेर त्यो गीत अपलोड गरेको भए ठिक थियो ?भिटेनलाई नभेटी त्यो अनुपयुक्त लागेको गीत सञ्चार मन्त्रालयले हटाउन सक्छ ?’ कहिले कुन कलाकार, कहिले कुन कलाकार समात्दै गीत डिलिट गर्न थालेपछि ज्योतिले उक्त अभिव्यक्ती सापट लिएर सार्वजनिक गरेकी छिन् ।

कतारबाट काठमाडौं आएका गुरुङको विमानस्थलमा झोला चेक गर्दा झस्कियो प्रहरी

बिदेशबाट आएका एक ब्यक्तीको लगेज खोल्दा प्रहरी अचम्ममीत भएको छ ।नेपाल प्रहरीले एक किलो ४०० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले तनहुँका ५० वर्षीय होमबहादुर गुरुङसहित तीन जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले विमानस्थलको आगमन कक्षबाट कतारबाट आएका गुरुङलाई एक किलो ४०० ग्राम सुनसहित बिहान पक्राउ गरिएको जानकारी दिनुभयो ।

गुरुङ हिमालय एयरलाइन्सको उडान नं एच ९५६४ मार्फत नेपाल आएका थिए । प्रहरीले गुरुङलाई विमानस्थलमा लिन पुगेका अन्य दुई जनालाईसमेत पक्राउ गरेको छ । पछि पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन । घटनाबारे थप अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।