महरा प्र*करणमा रोशनीले गरिन् यस्तो नयाँ खुलासा (हेर्नुस् भिडियो )

हाम्रो सन्देश संवाददाता

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौ*न दु*र्व्यव*हारको आ*रोप लगाएकी भनिएकी संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले मनोवैज्ञानिक र मानसिक द*बाबमा आफूले प्रहरीमा उ*जुरी दिएको खुलासा गरेकी छिन्। एपीवान टेलिभिजनसँगको कुराकानीमा शाहीले यस्तो खुलासा गरेकी छिन्।

कुराकानीमा उनले भनेकी छन्, ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो’, असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।’ शाहीले अकस्मात आफ्नो मानसिक अवस्था बिग्रन जाँदा १०० मा फोन गरेको बताएकी छिन्।

उनले बानेश्वर प्रहरी वृत्तमा असोज १५ गते दर्ता गरेको निवेदनमा उल्लेख भएको कुरामात्र सत्य-तथ्य भएको दाबी गरेकी छिन्। ‘१५ गतेको निवेदनमा असोज १२ गते घटेको भनिएको घटनाका बारेमा पूर्ण विवरणसहित आफ्नो श्रीमान् चित्रजंग शाहीको रोहबरमा बानेश्वरमा निवेदन दिएकी थिएँ’, उनले भनिन्, ‘तर, सो निवेदनको आधारमा प्रहरीले अनुसन्धान गरेन।’ उनले उक्त निवेदनमा महरा असोज १२ गते आफ्नो कोठामा उपस्थित नै नभएको उल्लेख भएको दाबी गरेकी छिन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...