असंलग्न राष्ट्रको सम्मेलनमा भाग लिन प्रम ओली अजरबैजान प्रस्थान

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,७ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकु प्रस्थान गरेका छन् ।

असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली कतार एयरवेजको विमानमार्फत बाकु प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत पनि बाकु प्रस्थान गरेका छन् ।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चितताका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नेछन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाटै बाकु पुगिसकेका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।