विप्लव नेकपाका काभ्रे जिल्ला सेक्रेटरी पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,७ कात्तिक ।

नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) का काभ्रे जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ।

नेकपाका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले मध्यराति पनौती–९ शङ्खुस्थित घरबाटै नियन्त्रणमा लिएको हो।

विशेष सूचनाका आधारमा खटिएको प्रहरिको टोलिले जिल्ला सेक्रेटरी थोकरसहित अन्य २ नेतालाई समेत गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेको एसपी जयराज सापकोटाले जानकारी दिए।

उनका अनुसार थोकरबाहेक काभ्रेको रोशी गाउँपालिकाको सिपाली चिलाउनेबाट विप्लवसमूहमा आबद्ध भएको आरोपमा २ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रोशी-५ बस्ने आशामान तामाङ र रोशी-३ शिखराम्बोटेका कृष्णबहादुर मगर रहेका छन्।

उनीहरुमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।