फेरि बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ,६ कात्तिक ।

सुनको मूल्य फेरि बढेको छ । केही दिनदेखि स्थिर रहेर मंगलबार ओरालो लागेको सुनको मूल्य बुधबार भने उकालो लागेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

मंगलबारको तुलनामा बुधबार बजारमा छापावाल सुन दुई सय रुपैयाँले बढेर ७० हजार चार सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...