गायक दुर्गेश थापा गोगंबुबाट पक्राउ, युट्युबबाट हट्यो ‘ह्याप्पी तिहार’ गीत

हाम्रो सन्देश संवाददाता

काठमाडौं , ५ कात्तिक । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। ‘ह्याप्पी तिहार’ बोलको गीत गाएर विवादमा तानिएका गायक थापालाई महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंस्थित गोगंबुबाट पक्राउ गरेको हो ।

महानगरिय अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार उनलाई सामाजमा गलत सन्देश प्रवाह गर्ने गीत गाएका कारण पक्राउ गरिएको हो। ‘दुर्गेशजीले ह्याप्पी तिहार गीतको गलत सन्देश प्रवाह गर्ने सबै पार्ट डिलिट गर्छौ भन्नुभएको छ। डिलिट गरेपछि हामी उहाँलाई छाड्छौ,’ एसएसपी थापाले भने।

गायक थापाविरुद्ध तिहारको संस्कृतिमाथि प्रहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो। उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो। यसकै आधारमा थापा पक्राउ परेका हुन्।

यसैबिच थापालाई पक्राउ गरेपछि ‘ह्याप्पी तिहार’ बोलको तिहार गीत युट्युबबाट हटाइएको छ। गायक थापाले गीतको गलत सन्देश प्रवाह गर्ने पक्ष डिलिट गरेपछि उनलाई छाड्ने प्रहरीले बताएको छ । यद्यपी गीत डिलिट भइसकेपनि अहिले गायक थापा प्रहरी नियन्त्रणमै छन्।

गीत दुर्गेश थापाको अफिसियल च्यानलबाट गीत हटिसकेपनि दर्शकरश्रोताले आफ्नो निजी च्यानलबाट भने अपलोड गरिरहेका छन्। गायक थापाविरुद्ध तिहारको संस्कृतिमाथि प्रहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।

उजुरी परेपछि यस विषयमा बुझ्न भन्दै महानगरीय प्रहरी अपराध महाशाखालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको थियो। यसकै आधारमा थापा पक्राउ परेका हुन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।