ओली सरकारविरुद्ध विप्लवले गरे देशभर बन्दको घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं , ५ कात्तिक ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प*क्राउ गरेको वि*रोधमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारवि*रुद्ध सडक ब*न्द लगायतका आ*न्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गि*रफ्तार गरेको वि*रोधमा देशभर चरणवद्ध सं*घर्षको कार्यक्रम घो*षणा गरेको हो ।

घोषित संघर्षका कार्यक्रम अनुसार कात्तिक ३ गते जुलुस र प्रदर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते ओलीको पुत्ला दहन, कात्तिक ९ गते विरोध प्रदर्शन, कात्तिक १५ गते मसाल जुलुस र कात्तिक १७ गते आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक बन्द गर्दै चक्काजा*म गर्ने जनाइएको छ । ओली सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर कारवाही गरिरहेको छ । विप्लवका कतिपय नेता कार्यकर्ता जे*ल र प्रहरी हिरासतमा छन् ।

सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टीको राप्ती ब्यूरोको बैठक तथा राजनीतिक प्रशिक्षण भइरहेको ठाउँबाट हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी दुई दर्जन नेता तथा कार्यकर्ताहरूको गि*रफ्तारीवि*रुद्ध घो*र आ*पत्ति जनाउँदै महासचिव विप्लवले तत्काल रिहा नगरिए कडा प्रतिरोध गरिने चेतावनी समेत दिएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।