प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको योगेश भट्टराईको आरोप

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको आरोप लागेका छन् । पुर्व पर्यटनमन्त्री समेत रहेका नेता भट्टराईले पश्चगामी कदम चालिरहेका ओली ज्ञानेन्द्रको पथमा हिँडेको आरोप लगाए ।

ओली निकटकाहरुले संघीयता नै खारेज गरिदिनुहोस्, लोकप्रिय हुनुहुन्छ भनेको सुनिदैछ । त्यो भनेको ज्ञानेन्द्र पथ नै हो’, मंगलबार बानेश्वरमा पत्रकारहरुसँग बोल्दै भट्टराईले, “संसद विघटनको विरुद्धमा, संघीयता, गणतन्त्र र संधिवानको पक्षमा हामी उभिएका छौं । हामी अग्रगमण पक्षधर हौं ।

ओलीले संसद विघटन गरेर इतिहासकै ठुलो गल्ति गरेको वर्षमान पुनको दावी

नेकपा प्रचण्ड-नेपाल समूहका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर इतिहासकै ठुलो गल्ति गरेको टिप्पणी गरेका छन् । पुर्वमन्त्री समेत रहेका नेता पुनले ओलीले चलेका कदम असंवैधानिक, जनविरोधी, निरंकुश र लोकतन्त्र विरोधी रहेको बताए ।

जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पुनले भने, ओलीले चलाएको यो कदम एकदमै इतिहासमा गल्तिको रुपमा आएको छ ।