फेरी अर्को एउटा नाताबादको उदाहरण

हाम्रो सन्देश संवाददाता

काठमाडौं , ५ कात्तिक ।

हिजो मात्रै मन्त्री परिषदको सिफारिसमा राष्ट्रपती बिद्यादेवी भण्डारीले अस्त्रेलिया का लागि नेपाली राजदुत नेकपा अध्यक्ष पुष्प कमल दाहाल का भाई महेश दाहाल लाई नियुत्त गरेकी छिन। लामो समय सम्म नेपाली काङ्रेसमा लागेर, तरुण दलका केन्द्रिय सदस्य तथा काङ्रेश को चितवन जिल्ला सदस्य समेत रहेका दाहाल गत बर्ष मात्रै नेकपामा प्रबेश गरेका राजदुत दाहाल कमरेड प्रचन्डका १३ दिने भाई हुन । कमरेड प्रचन्ड र महेश दाहालको हजुरबुवाहरु एउटै आमाका सन्तान अर्थात दाजुभाइ हुन ।पूर्व राजदुत लक्की शेर्पाले रजिनामा दिएपछी रिक्त रहेको अस्त्रलियाको लागि नेपाली राजदुतमा महेश दाहाल नियुक्त भएका हुन।
स्मरण रहोस् पूर्व नेकपा माओवादी का अध्यक्ष कमरेड पुष्प कमल दाहाल प्रचन्ड का स्वकिय सचिब उनकै छोरा स्वर्गिय प्रकाश दाहाल रेहेका थिए । नेकपाका अध्यक्ष कमरेड पुष्प कमल दाहाल प्रचन्डकि बुहारी तथा स्वर्गिय प्रकाश दाहालकि कान्छी श्रीमती बिना मगर हालको नेकपाको मन्त्रिपरिशदमा खानेपानी तथा सरसफाइ मत्री हुन भने चितवन जिल्लाको भरतपुर नगरपालिकाका मेयर कमरेड प्रचन्ड कि छोरी रेणु दाहाल हुन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।