हेर्नुस कात्तिक ४ गते सोमबार यी राशीफल भएकाको भाग्य चम्किने छ, अन्यको भने यस्तो छ

हाम्रो सन्देश संवाददाता

मिती २०७६ साल कात्तिक ४ गते सोमबार तदनुसार ईश्वी सम्बद २०१९ अक्टोबर २१ तारिखको राशीफल हेर्नुहोस ।

मेषः मेष राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आज मनको एकाग्रतामा कमी आउनेछ । वादविवाद हुनसक्नेछ । त्यस्तै धन लगानीका बारेमा ध्यान दिँदा लाभदायी हुनेछ ।

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । व्यवहारिक काम पुरा गर्नु राम्रो हुनेछ । आज पराक्रममा बृद्धि आउनेछ भने नयाँ साथीहरु बनिनेछन । आज मित्रता स्थायी बनाउने अवसर रहेको छ ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज व्यापारीहरुका लागी लाभ मिल्ने दिन रहेको छ । कार्यक्षेत्रमा सफलता मिल्ने दिन रहेको छ । धन प्राप्ती हुनेछ । उच्च अधिकारीहरुका कारणले आज काममा सफलता मिल्ने दिन रहेको छ ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज दिनको आरम्भबाट नै मानसिक रुपले सफलता मिल्नेछ भने शान्तीपुर्ण वातावरणका कारणले धेरै कुरामा लाभ मिल्नेछ । आर्थिक लाभ हुनेछ भने सबैको सहयोग मिल्नेछ । काममा सफलताको योग पनी बनिरहेको छ ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन मध्यम सफलतादायी रहनेछ । आज बिचारमा संयमता अपनाउनुहोस । अनैतिक कामबाट टाढा रहनुहोस । दिनमा केही उतारचढावहरु आउनेछन ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज सामाजिक काममा तपाईलाई सफलता मिल्नेछ भने आज तपाईलाई यश किर्ति मिल्ने दिन रहेको छ । यसका साथै आज मान सम्मान प्राप्त हुने दिन रहेको छ । आकस्मिक रुपले धन लाभ मिल्ने दिन रहेको छ । आज काम सुरु गर्नका लागी महत्वपुर्ण दिन रहेको छ ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन लाभदायी रहनेछ । आज तपाईको मनोबलमा बृद्धि आउनेछ । त्यस्तै आत्मविश्वासमा बृद्धि आउनेछ । साथै बाहिरी क्षेत्रमा ख्याती मिल्ने दिन रहेको छ । साथै काममा व्यस्तता बढ्नेछ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । भाग्यले साथ दिनेछ । आज ईश्वर भक्ती तथा आध्यात्मिक काममा मन लाग्नेछ । त्यस्तै स्वास्थ्य राम्रो रहनेछ ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छमध्यम रहेको छ । आज परिवारमा प्रतिकुल असर पर्नेछ । त्यस्तै स्वास्थ्यमा नकरात्मक असर पर्नेछ । साथै वाहन सावधानीपुर्वक चलाउनु राम्रो हुनेछ ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । जिवनसाथी तथा साथीभाईसंगको सम्बन्ध राम्रो रहनेछ । आज साथीभाईका साथ घुम्न जाने कार्यक्रम बन्नेछ । आज साथीभाई तथा स्नेहीजनसंगको सम्बन्ध राम्रो रहनेछ ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज चिन्तामुक्त हुनु राम्रो हुनेछ । आज तपाईको उत्साहमा बृद्धि आउनेछ । आर्थिक लाभ हुने दिन रहेको छ । सामाजिक क्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन बुद्धि विवेक सहि तरिकाले प्रयोग गर्ने हो भने तपाईलाई सफलता मिल्ने दिन रहेको छ । आज मनबाट नकरात्मक कुरा गर्नु राम्रो हुनेछ । खर्च बढ्नेछ । साथै बिचारमा मन उल्झनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।