आज र भोलि भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाइँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं , १ कात्तिक ।

आज र भोलि देशभरका ५ वर्षमूनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा देशभरका ७ सय ५३ स्थानीय निकायमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई मिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको जानकारी दिएको छ।

मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण निकायलाई अभियान सफल बनाउनसमेत आग्रह गरेको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।