हेटौंडामा बालिकामाथी जवर्जस्ती : होटल भन्छ श्रीमान-श्रीमती भनेर बसे, होहल्ला भएको होईन

हाम्रो सन्देश संवाददाता

काठमाडौं , १ कात्तिक ।

हेटौंडाको होटल अनमोलमा एकजना बालिका बलात्कृत भएको घटनाको समाचारप्रती होटलले प्रतिक्रिया दिएको छ ।

होटल अनमोलका सन्चालक निप्पु सर्‍आफले आफ्नो होटलमा २६ गते कुनैपनी होहल्ला नभएको, कोहि पक्राउ पनि नपरेको र श्रीमान-श्रीमती भनी उक्त होटलमा बसेको बताएका छन् ।

श्रीमान-श्रीमती भनेपछि आफ्नो होटलमा कोठा दिएको तर होटलकै नाम जोडेर बदनाम गराउन खोजियो न यहाँ केही होहल्ला भएको छ न कसैलाई यहाँबाट प्रहरिले पक्राउ गरेको छ, उनले भने ।

उता प्रहरिले भने होहल्ला भएपछी होटलमा पुगेको र घटनास्थलमा प्रहरी पुगी बालिकाको उद्धार गरेको बताएको छ ।

उता बालिकाले आफुमाथि जबरजस्ती करणी भएको भन्दै सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको प्रवक्ता (डिएसपी) यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

उनका अनुसार बालिकामाथि जबरजस्ती करणी गर्ने मुख्य आरोपि फरार छन् भने होहल्ला गरी बालिकालाई अभद्र व्यवहार गर्ने ५ जनालााई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।