रबि लामिछानेलाई सिधै केन्दिय सदस्य दिने नेकपा नेता माधब कुमार नेपालको भनाई

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

रबि लामिछानेलाई आफ्नो पार्टिमा आए सिधै केन्दिय सदस्य दिने नेकपा नेता माधब कुमार नेपालको भनाई छ। आऊनुहोस तपाईलाई प्रधानमन्त्री बनाऊछौ मंत्री योगेश भट्टराई र बर्षमान पुनको आग्रह गरेका छन्। नेपालका चर्चित पत्रकार तथा सिधाकुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने आफ्नी श्रीमती निकिता सङ्गै फिल्म हेर्न हल पुगेका छन्।

रबि लामिछाने हल पुग्ना साथ उनिसङ्ग फोटो खिचाउनेको भिड लागेको थियो। दिपक राज गिरि र माग्ने वुडो(केदार घिमिरेको) टिमले बनाएको फिल्म छ माया छपक्कै हेर्न उनी हल पुगेका हुन। हलमा विभिन्न कलाकार तथा माननीय मन्त्रीहरु समेत पुगेका थिए। खास गरि राजनीतिक समसामयिक बिषयमा बनेको यश चलचित्र निकै दर्शकले रुचाएका छन्।

चलचित्र हेर्न माननीय मन्त्रीहरु बर्षमान पुन ,लालबाबु पण्डित तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल समेत पुगेका थिए। फिल्म हेरि सकेपछि मिडियासङ्ग कुरा गर्दै उनिहरुले भने, फिल्मको कथाबस्तु निकै समसामयिक र सन्देश मुलक रहेकोले आफुहरुको चित्त बुझेको बताए। यसै क्रममा मन्त्री बर्षमान पुले राजनीतिमा रवि लामिछाने जस्ता समाजका चर्चित पात्र पनि चुनाबमा लड्न सुझाब दिएका छन्।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।