प्रेरक प्रसंग : भिखारी महिला, जो एक शब्दले उद्योगपति बनिन्

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

हिन्दी भाषाका मूर्धन्य कवि सूर्यकान्त त्रिपाठी (निराला) एकपटक बाटोमा हिड्दै थिए । उनको खल्तीमा जम्मा ३ सय रुपियाँ मात्र थियो । त्यो पनि लेख लेखेवापत प्रकाशकबाट पाएको । बाटोमा एउटा भिखारी वृद्धा महिलाले उनका अगाडि आएर हात फैलाइन् ।

निराला टक्क अडिए । उनले ती महिलाको शिरदेखि पाउसम्म नियालेर हेरे, अनि भने, तपाइँ किन माग्नुहुन्छ ? निरालाले सम्मानपूर्वक तपाइँ भनेर गरेको सम्मानले ती भिखारी महिला खुशी भइनन् । उनले निरालाले आफूलाई जिस्काएको ठानेर भनिन्– ‘छोरा किन बेकारमा मलाई जिस्काउँछौं ? मैले त भीख मागेकी हुँ ।’

भिखारी वृद्धाको अन्तरहृदयबाट निस्केको ‘छोरा’ भन्ने शब्द सुनेर कवि निरालाको मन पग्लियो । उनले भावुक हुँदै भने –‘तपाइले मलाई छोरा भन्नुभयो, मेरी आमाले कसैसँग भीख माग्नुहुँदैन । म हजुरलाई मसँग भएको ३ सय दिन्छु यसबाट केही व्ययसाय गरेर आजबाट भीख माग्न छोडिदिनुहोस् ।’

वृद्धासँग त्यति भनेर निरालाले आफ्नो खल्तीमा भएको सबै पैसा वृद्धाको हातमा राखिदिएर आफू बाटो लागे । वृद्धाले पनि त्यही पैसाबाट व्ययसाय शुरु गरेर सँधैका लागि भीख माग्न छोडिदिइन् । यसकारण, मान्छेले सम्बोधन जहिले पनि राम्रो गर्नुपर्छ । माग्नेलाई भीख दिनेमात्र होइन भीख नमाग्ने कसरी बनाउने त्यो पनि सोच्नुपर्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।