साउदीको मदिन प्रान्तमा बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

साउदी अरबको मदिना प्रान्तमा बुधबार सडक दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ ।

साउदी अरबको हादसा अल–अखलमा बुधबार बेलुका भएको दुर्घटनामा परी बसमा सवार ३९ मध्ये ३५ जनाको मृत्यु भएको हो ।

स्थानीय प्रहरीका अनुसार प्रवासि सवार बस दुर्घटनामा परेको हो । बस अनियन्‍त्रीत भएर ट्रकसँग ठोक्किदा दुर्घटना भएको हो । मृत्यु हुनेमा एशिया र अरब मूलका नागरिक बढि रहेको बताइएको छ । घाइतेहरूको अल–हमना अस्पतालमा उपचार भइरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।