उपचारको बाहानामा यौन शोषण, यस्तो छ अच्चम्मको खेल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० असोज ।

उपचारको बाहानामा गुम्बामा लिएर युवतीलाई यौन शोषण गर्ने एक लामा सजायको भागिदार बनेका छन् ।

धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक जना लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

अदालतले दक्षिणकाली, चान्नखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोटे छोल्टिम दोर्जे योन्दान योञ्जन टुल्कु भनिने ज्ञानबहादुर लामालाई सजाय तोकेको हो ।

उनले युवतीहरुलाई डर, त्रास, धाक देखाई करकापमा झुक्यानमा पारेर एवं शरीर बनदक राखी करणी गरेको ठहर गरेको छ ।

निदोश ठहर गर्ने जिल्ला अदालतको फैसलालाई पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीश टेकनारायण कुँवर र रमेश बहादुर थापाको इजलासले ‘धर्मगुरु’सहित उनकी सहयोगीलाई साइबर अपराधमासमेत दोषी ठहर गरेको छ ।

लामाकी सहयोगी मनिषा लामालाई भने युवतीका आपत्तिजनक अवस्थामा फोटोहरु फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । उक्त समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।